इजरायलमा केही नेपाली हताहत भएकाे हुनसक्छ, केही सम्पर्कमा छैनन् : परराष्ट्रमन्त्री साउद

 असोज २१, २०८० आइतबार १३:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा केही नेपाली हताहत भएकाे हुनसक्ने बताएकाे छ ।

आज आइतवार प्रतिनिधिसभा बैठककाे विशेष समयमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलकाे गाजा क्षेत्र नजिक भएकाे आक्रमणमा केही नेपाली हताहत भएकाे हुनसक्ने बताउनुभएकाे हाे । उहाँका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलकाे किवुज अलुमिम भन्ने ठाउँमा अध्ययनरत रहेका थिए । १७ जना नेपालीमध्ये दुई जना सकुशल रहेका, तीन जना घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयाे । यस्तै बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेका र केही हताहत भएकाे हुनसक्ने बताउनुभयाे ।

परराष्ट्रमन्त्रीले इजरायलमा अहिले चार हजार पाँच सय जना नेपाली 'कियरगिभर' काे रूपमा कार्यरत रहेकाे संसदलाई जानकारी गराउनुभयाे । इजरायलमा अहिले दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका र उनीहरू इजरायल सरकारकाे 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत गएका उहाँले बताउनुभयाे । यसमध्ये नेपालकाे कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया