इजरायलमा ज्यान गुमाएकाको शव यथाशीघ्र ल्याउने संयन्त्रको निर्णय

 असोज २२, २०८० सोमबार ११:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी पछिल्लो द्वन्द्वमा परी ज्यान गुमाएकाको शव यथाशीघ्र ल्याउने निर्णय गरेको छ । त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय बैठकले गरेको हो । शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ । 

यस्तै, इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको छ । सरकारले हिजो परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ ।

इजरायलको किबुज अलुमिम भन्ने ठाउँमा हमास समूहको आक्रमणबाट १० जना नेपालीको ज्यान गएको छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य भइरहेको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया