विद्युतीय चुराेटमा सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर

 असोज २४, २०८० बुधबार १३:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छाेरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएकाे छ । 

आज बुधवार काठमाण्डाै जिल्ला अदालतमा महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएकाे हाे । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई अहिले काठमाण्डाै बस्ने दावा छिरिङ र काठमाण्डाैका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादीमध्ये निमा फरार छन् ।

सरकारी विकल कार्यालयले उनीहरूविरुद्ध आपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेकाे हाे । उनीहरूसँग आठ कराेड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

२०७९ सालको पुस १० गते दुबईबाट भेपमा लुकाएर ल्याएको नाै किलो ११ ग्राम पाँच सय २४ मिलिग्राम सुन भेटिएको थियो । त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरी गएको असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । सुन भन्सारमा रहेको बेला छुटाउन दबाब दिएको आरोप पूर्वसभामुख महराका बाबुछोरामाथि लागेको छ । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएर छाडेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया