विश्व कप क्रिकेट : अस्ट्रेलिया र न्युजिल्यान्ड तथा बङ्लादेश र नेदरल्यान्ड्स खेल्दै

 कात्तिक ११, २०८० शनिबार ८:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । बिहान पौने ११ बजे शुरु हुने आजको पहिलो खेलमा अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।

पाँच खेलबाट ६ अङ्क जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । समान पाँच वटै खेल खेलेको न्युजिल्यान्ड आठ अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै, दिउँसो सवा दुई बजे शुरु हुने आजको दोस्रो खेलमा बङ्लादेश र नेदरल्यान्ड्स खेल्नेछन् ।

बङ्लादेश पाँच खेलबाट २ अङ्कसहित आठौँ र समान पाँच खेलबाट २ अङ्क जोडेको नेदरल्यान्ड्स नेट रनरेटका आधारमा दशौँ स्थानमा छ । हिजो भएको खेलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाको ६ खेलबाट १० अङ्क भएको छ ।

भारतको पनि समान १० अङ्क छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ । पराजयसँगै पाकिस्तान भने चार अङ्कमै सीमित रह्यो ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया