गुटेरेसले नेपालबारे राम्राे मूल्याङ्कन गर्नुभयाे : ओली

 कात्तिक १४, २०८० मंगलबार १९:४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्लाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको प्रतिक्रिया दिनुभयाे ।

आज मङ्गलवार महासचिव गुटेरेसले सङ्घीय संसद्लाई सम्बोधन गरेलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ यस्ताे प्रतिक्रिया दिनुभएको हो । उहाँले संसदमा गरेकाे सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिनुभयाे । उहाँले महासचिव गुटेरेसले नेपालबारे राम्रो मूल्याङ्कन गरेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले केही महत्त्वपूर्ण विषयहरू प्रकाश पार्नुभएको छ । उहाँले वातावरण, गरिबी निवारणका साथै शान्ति प्रक्रियालाई टुङ्ग्याउने बारेमा प्रकाश पार्नुभएको छ । उहाँले नेपालकाे राम्रो मूल्याङ्कन गर्नुभएको छ । गरिब देशलाई सम्पन्न देशले सहयोग, समर्थन गर्नुपर्छ भन्नुभयाे । संयुक्त राष्ट्र सङ्घमा जनाएका प्रतिबद्धता अनुरूप वातारणीय विनाश रोक्न नेपालको सजगता र योगदानप्रति उहाँले विशेष प्रशंसा गर्नुभएको छ । म र मेरो पार्टीको तर्फबाट उहाँलाई धेरै धन्यवाद भन्न चाहन्छु ।’

गुटेरेसले पीडित केन्द्रित भएर सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामनासमेत गरेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया