परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

 कात्तिक १५, २०८० बुधबार ९:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलवार भेटवार्ता भएको छ । भेटमा समान्ताले अमेरिकी सरकारकातर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवम् मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि लगानी सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गर्नुभयो ।

युएसएआईडीको मुख्यालय वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि युएसएआईडीले पुर्‍याएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँहरुबीच दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा पनि चर्चा भएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया