'बीआरआई' मा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – अक्टाेबर महिनामा नेपालमा १ लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बाेर्डका अनुसार अक्टाेबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् । याे सङ्ख्या काेराेना महामारी शुरु हुनुअघि सन् २०१९ काे तुलनामा ६ प्रतिशतले धेरै हाे ।
अक्टाेबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक आएका छन् । यस्तै अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक आएका छन् ।
याे अङ्ग्रेजी वर्षकाे १० महिना अर्थात् जनवरीदेखि अक्टाेबरसम्म नेपालमा ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन् ।
तस्बिर : नेपाल पर्यटन बाेर्ड
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।