नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – यूएई आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह 'बी' काे विजेता बनेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा यूएईले हङकङलाई २२ रनले हरायाे ।
यूएईले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्याे । हङकङका यान्से रथले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ यूएईका जहूर खान र अली नसीरले समान २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायाे । यूएईका बसिल हमीदले नटआउट ५१ र कप्तान मुहम्मद वसीम ४६ रन बनाएर आएट भए । बलिङतर्फ हङकङका यासिम मुर्तजाले ३ र नसरुल्ला रानाले २ विकेट लिए ।
अब समूह 'बी' काे विजेता यूएईले सेमिफाइनलमा भाेलि शुक्रवार समूह 'ए' काे उपविजेता नेपालसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।