पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपालले विश्व बैंकबाट १३ अर्ब रुपैयाँभन्दा धेरै ऋण लिनका लागि सम्झौतामा हस्ताक्षर गरेको छ ।
अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले एक सय मिलियन अमेरिकी डलर अर्थात् १३ अर्ब २६ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सहायताका लागि हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता डिजिटल रूपमा हस्ताक्षर भएको छ । नेपाल र विश्व बैंकबीच डिजिटल हस्ताक्षर भएको यो पहिलो सम्झौता हो ।
विश्व बैंकबाट उपलब्ध हुने सहुलियतपूर्ण ऋणबाट नेपालको स्वास्थ्य सेवामा वृद्धि, स्वास्थ्य बीमाको पहुँचमा वृद्धि र आपत्कालीन स्वास्थ्य सुदृढीकरणका काम हुनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो कार्यक्रम सङ्घीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनाेट गरिएका प्रदेश तथा पालिकासँगको समन्वयमा कार्यान्वयन गर्नेछ । गुणस्तरीय स्वास्थ्य सेवाले मानव पुँजी विकासको आधारशिलाको रूपमा काम गर्दछ । यो सहायताले उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न सहयोग पुग्नेछ’, हस्ताक्षरपछिको विज्ञप्तिमा उल्लेख छ ।
अर्थ मन्त्रालयका सचिव पुष्करले विश्व बैंक नेपालको एक प्रमुख सहयोगी संस्था भएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण र अनुदानका लागि धन्यवाद दिनुभयो । यस्तै विश्व बैंकले ३८ लाख ४० हजार अमेरिकी डलर अर्थात् ५० करोड ९३ लाख रुपैयाँ अनुदान दिने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।