‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना : पहिलो एक लाख रुपैयाँ विजेताको नाम घोषणा

 कात्तिक १६, २०८० बिहीबार १८:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिटी एक्सप्रेसको विदेशबाट 'सिटी पठाऔँ दश गुणा बढी पाऔँ' योजनाअन्तर्गत पहिलो एक लाख रुपैयाँ विजेताकाे नाम घाेषणा भएकाे छ । विद्युतीय प्रणालीद्वारा विजेता छनाेट गर्दा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बुले एक लाख रुपैयाँ जित्न सफल हुनुभएकाे सिटी एक्सप्रेसले जनाएकाे छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने विदेशबाट 'सिटी पठाऔँ दश गुणा बढी पाऔँ' उपहार योजना घोषणा गरेको थियो । जसअन्तर्गत 'लक्की ड्र' मार्फत हरेक महिना १ जनालाई एक लाख, हरेक हप्ता पाँच जनालाई जनही २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन सय जना विजेतालाई जनही पाँच सय रुपैयाँकाे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी पाउने योजना रहेको छ ।

याे योजनाअनुसार अहिलेसम्म तीन हजार एक सय जनाले पाँच सय रुपैयाँकाे वालेट टपअप, २० जना सप्ताहिक विजेताहरूले जनही २५ हजार रुपैयाँ जित्न सफल भइसकेका छन् ।

कम्पनीका अनुसार याे याेजना आउँदाे मङ्सिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

सिटी एक्सप्रेसले विगत १७ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया