पश्चिमका धेरै ठाउँमा हल्का वर्षा, काठमाण्डौसहितका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना

 माघ १८, २०८० बिहीबार १२:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । बिहान दिपायलमा सबैभन्दा धेरै ११ दशमलव ३ मिलिमिटर पानी परेको छ । यस्तै डडेलधुरामा ९, धनगढीमा ६ दशमलव ५, वीरेन्द्रनगरमा ४ दशमलव २, जुम्लामा २ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

तीनवटा प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार आज बेलुकीसम्म काठमाण्डौसहित बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

तर, मधेश प्रदेश र कोशी प्रदेशका तराई भेगमा भने तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँले बताउनुुभयो । अस्ति पश्चिमबाट भित्रिएको पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको पनि उहाँको भनाइ छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँहरुमा बिहानपख हुस्सु लागेको र अब धेरै ठाउँमा हुस्सु हट्दै जाने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया