न्यायका लागि पूर्व र पश्चिमबाट एकै पटक पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडित चितवनमा

 फागुन ४, २०८० शुक्रबार १५:१५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको माघ १६ गतेदेखि झापा र कञ्चनपुरबाट पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडितहरू चितवनको नारायणगढमा आइपुगेका छन् । दुवैतर्फबाट हिँडेका पीडितहरू १८ औँ दिनमा नारायणगढमा भेट भएर संयुक्त टोली बनेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिनुभयो ।

दुवैतर्फबाट एकै दिन एकै समयमा पैदलयात्रा शुरु गरेका पीडितहरूको हिजो चितवनमा भेट भएको हो । नारायणगढमा कार्यक्रम गरी काठमाण्डौतर्फ अघि बढ्ने अध्यक्ष कुशवाहाले बताउनुभयो ।

दुवैतर्फका गरी झन्डै सात सय जना पीडित यात्रामा सहभागी छन् । बाटोमा थपिँदै काठमाण्डौ पुग्दा झन्डै एक हजार पीडित सहभागी हुने र यस पटक निर्णायक आन्दोलन गर्ने कुशवाहाले बताउनुभयो । आफूहरूको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरूकाे समस्या सरकारले नसुनेका कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।

यसअघि मिटरब्याज पीडित महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ पुगेका थिए । उनीहरूकाे समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले छानबिन पनि गरिसकेको छ । तर आफूहरूले न्यान नपाएको पीडितहरूको गुनासो छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया