भूमध्यसागरमा डुङ्गाको इन्जिन फेल भएर फस्दा भोक र तिर्खाले ६० जनाकाे ज्यान गयाे

 चैत २, २०८० शुक्रबार ९:४२:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – भूमध्यसागर पार गरी अफ्रिकाबाट युरोप जाने रबरको डुङ्गामा ६० जना आप्रवासीको ज्यान गएको छ । डुङ्गामा रहेका २५ जना आप्रवासीलाई बचाइएको बीबीसीले जनाएको छ । उनीहरुलाई मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’ को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको हो ।

उनीहरु गएको शुक्रवार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएका थिए । तीन दिनको यात्रापछि रबरको डुङ्गाको इन्जिन फेल भएको खबरमा उल्लेख छ  । डुङ्गा समुद्रमा अड्किंदा उनीहरुसँग रहेको खाना र पानी सकिएपछि भोक र तिर्खाका कारण ६० जनाले ज्यान गुमाएका उद्धारका लागि त्यहाँ पुगेकाहरुले बताएका छन् ।

उनीहरु कसैको पनि पानीमा डुबेर ज्यान नगएको खबरमा उल्लेख छ । एसओएस मेडिटेरेनियनले दूरविनमार्फत समुद्रमा फसेको डुङ्गा देखेपछि उद्धारका लागि त्यहाँ पुगेको जनाएको  छ । उद्धार गरिएकाहरुको उपचार भइरहेको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया