मधेश केन्द्रित दलको मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनायो
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – सरकारले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन थालेको छ । आयोगले बिहीवार प्रतिवेदन बुझाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यो निर्णयलगत्तै प्रतिवेदनले सिफारिस गरेको उच्च पदस्थ व्यक्तिहरुमाथि गृहले कारबाही थालेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा त्रुटि देखिएको प्रतिवेदनले औंल्याएपछि सरकारले सीआईबी प्रमुख एआइजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा तानेको छ । बज्राचार्यको ठाउँमा एआइजी श्याम ज्ञवालीलाई पठाइएको छ ।
एआइजी बज्राचार्यसँगै एसपी सञ्जयसिंह थापा तथा डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई हेडक्वार्टर तानिएको छ । उनीहरूले अनुसन्धानका क्रममा तस्करीमा जोडिएका उच्च पदस्थ व्यक्तिहरूलाई उन्मुक्ति दिएको आयोगको ठहर छ ।
आयोगले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवन गुरुङ, व्यवसायी जीवन चलाउने, भिमकान्त भण्डारी, सुन तस्कर दाबा छिरिङका व्यावसायिक साझेदार मञ्जिल श्रेष्ठलगायतलाई मुद्दा चलाउन सिफारिस गरेको छ । दिपेशलाई प्रहरीले हिजो नै पक्राउ गरेको छ । सहकारी ठगी प्रकरणमासमेत मुछिएका उनलाई प्रहरीले काठमाण्डौबाट बुटवल लगेको छ ।
यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले हिजो उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा गुरुङको संलग्नता रहेको खुलेको थियो । जाँचबुझ आयोगले अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीका गतिविधि राज्यको रेकर्डमा रहने गरी राख्न सिफारिस गरेको छ ।
त्रिभुवन विमानस्थलबाट ६० किलो र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाई ल्याइएको साढे नौ किलो सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले बिहीवार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
गृहमन्त्री लामिछानेले हिजो बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउनुभएको थियो । हिजो बेलुकी बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।