दुई महिनाअघि मलेसिया पुग्नुभएका बाराका रिकेश होस्टेलबाटै सम्पर्कविहीन

 फागुन १७, २०७९ बुधबार १०:४६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारी क्रममा मलेसिया पुग्नुभएका बाराका रिकेश ठाकुर आफू बसिरहेको होस्टेलबाट सम्पर्कविहीन हुनुभएको छ ।

गएको पुस २१ गते रोजगारीका लागि मलेसिया पुग्नुभएका रिकेश मलेसियाको पुत्राजयस्थित होस्टेलबाटै सम्पर्कविहीन भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार, रिकेश मानसिक रूपमा अस्वस्थ भएपछि नेपाल फर्काउने प्रक्रिया चलिरहेको थियो ।

तर उहाँ होस्टेलबाटै हराउनुभएको छ । परिवार, आफन्त, कम्पनी र दूतावास कसैलाई पनि रिकेशले सम्पर्क गर्नुभएको छैन ।

त्यसैले मलेसियामा कसैले देखेमा वा भेटेमा दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ नम्बरमा सम्पर्क गरिदिन दूतावासले अनुरोध गरेको छ । 

तपाईको प्रतिक्रिया