आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र राजस्थान खेल्दै
बैशाख ११, २०८२ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
रोजगारीका लागि गन्तव्य देशमा पुगेर श्रमिक अप्ठ्यारोमा नपरुन्, श्रमिकका परिवार यहाँ सुरक्षित रहुन्, श्रमिकले दुःख गरेर कमाएको पैसाको व्यस्थापन होस् र कुनैपनि समयमा श्रमिकलाई आइपर्न सक्ने जोखिमबाट जोगाउन बैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य बीमा गर्नुपर्ने नियम छ । यसको निम्ति रोजगारदाता कम्पनीले प्रत्येक श्रमिकको बीमा अनिवार्य गराउनुपर्ने श्रम ऐन २०७४ मा व्यवस्था छ । सरकारले जारी गरेको श्रम ऐन २०७४ मा श्रमिकको स्वास्थ्य र दुर्घटना बीमालाई अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार रोजगारदाताले प्रत्येक श्रमिकका सबै खालका दुर्घटनालाई समेट्ने गरी कम्तीमा ७ लाख रुपैयाँबराबरको दुर्घटना बीमा अनिवार्य गराउनुपर्छ । यसका फाइदाहरु के के छन् भन्नेबारेमा हामीले कार्यक्रम देश परदेशमा राष्ट्रिय बीमा प्राधीकरणका सहायक निर्देशक निर्मल अधिकारीसँग कुराकानी गरेका छौं । त्यसपछि महिला श्रमिकले भोग्ने गरेका चुनौतीबारे पौरखी नेपालकी सुमना कार्कीसँगको कुराकानी सुन्न सक्नुहुन्छ । र, कार्यक्रमको अन्त्यमा सामाजिक सुरक्षा कोषबारे तपाईंको जिज्ञासाको समाधान सामाजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोष सम्बन्धी तपाईंको जिज्ञासाहरु मेटाउनु भएको छ ।