जम्मू–कश्मीरमा भएको आक्रमणपछि भारतको कडा कदम, पाकिस्तानी नागरिकलाई भिसा बन्द

 वैशाख ११, २०८२ बिहीबार ६:३१:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको जम्मू–कश्मीर पहलगाममा अस्ति भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको सुरक्षासम्बन्धी समिति (सीसीएस) को बैठकले पाँच प्रमुख निर्णय गरेको छ ।

भारतले पाकिस्तानीहरूको लागि तत्काल लागू हुने गरी भिसामा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा नदिने जनाएको छ ।

त्यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको छ । पाकिस्तानी कूटनीतिज्ञलाई ७ दिनभित्र देश छोड्नुपर्ने भनिएको छ ।

बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ । पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया