जम्मू– कश्मीरमा भएको आक्रमणपछि भारतमा सुरक्षा सतर्कता उच्च

 वैशाख १०, २०८२ बुधबार १२:८:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जम्मू – कश्मीरको पहलगाममा हिजो भएको आतङ्कवादी आक्रमणपछि भारतभर सुरक्षा सतर्कता उच्च पारिएको छ ।

आक्रमण भएको क्षेत्रसहित जम्मू–कश्मीर, राजधानी शहर नयाँ दिल्ली, मुम्बईसहितका क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । विशेषगरी दिल्लीका पर्यटकीय क्षेत्र र शहरको सिमानामा कडा जाँच र निगरानी भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने साउदी अरबको भ्रमण छोट्याएर बिहान स्वदेश फर्किनुभएको छ । उहाँ हिजो साउदी प्रस्थान गर्नुभएको थियो ।

पहलगाममा हिजो दिउँसो पर्यटकलाई लक्षित गरी आक्रमण भएको हो । घटनामा कम्तीमा २६ जना मारिएका छन् । तीमध्ये एक जना नेपाली रुपन्देहीको बुटवलका सुदीप न्यौपाने रहेका छन् ।

प्रहरीले गोली लागेका कैयौं पर्यटकलाई अस्पताल लगिएको बताएको छ । भारतीय प्रधानमन्त्री मोदीले यो आतङ्कवादी आक्रमणमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने चेतावनी दिनुभएको छ । आक्रमणमा संलग्नको खोजीका लागि भारतीय सेना र प्रहरीको संयुक्त टोली खटिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला भान देर लेयनलागयतका विश्व नेताहरूले घटनाको भर्त्सना गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया