जम्मू–कश्मीरमा आतङ्ककारी आक्रमण : प्रधानमन्त्री ओली र भारतीय समकक्षी माेदीबीच टेलिफाेन वार्ता

 वैशाख १०, २०८२ बुधबार १७:५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – भारतको जम्मू–कश्मीरको पहलगाममा एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतङ्कवादी हमलाबारे कुराकानी भएको उल्लेख गर्नुभएको छ ।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादी आक्रमणमा संलग्नलाई कानूनी कठघरामा उभ्याउने बताउनुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । मोदीले एक जना नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त पनि गर्नुभएको छ ।

हिजो आतङ्कवादी समूहले गरेको आक्रमणमा पहलगाममा रहेको पर्यटकीय क्षेत्रमा २६ जनाको ज्यान गएको थियो । आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको पनि ज्यान गएको गृहमन्त्री रमेश लेखकले जानकारी गराउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया