निजामती विधेयक : सहमति हुन नसकेका विषय शीर्ष नेतृत्वसँगको छलफलमा टुङ्ग्याउने

 वैशाख १०, २०८२ बुधबार १७:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकमा सहमति हुन नसकेका विषयहरू शीर्ष नेतृत्वसँगको छलफलबाट टुङ्ग्याउने भएको छ ।

सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति हुन नसकेका विषयहरू टुङ्गो लगाउने जानकारी दिनुभएको हो । विधेयकलाई टुङ्गोमा पुर्‍याउन गठित उपसमितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको छ ।

विधेयकलाई समितिबाट पास गर्ने तयारीका साथ प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समितिमा बोलाइए पनि दुवै जना उपस्थित हुनुभएन । सभापति खतिवडाले विधेयकमा धेरैजसो सहमति भएको भन्दै विधेयकलाई विवादित नहुनेगरी पारित गर्ने दाबी गर्नुभयो ।

विधेयकमा कर्मचारीकाे 'कुलिङ पिरियड', ट्रेड युनियन, अतिरिक्त सचिव लगायतका विषयमा टुङ्गो लगाउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया