माओवादीले भन्याे– ‘सरकार पूर्णरूपमा फेल भइसक्याे’

 वैशाख १०, २०८२ बुधबार १८:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार पूर्णरूपमा 'फेल' भएको आरोप लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीले सरकार असफल भएकाे आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले नागरिक निराश र आक्रोशित रहेको भन्दै सरकारको कुशासन र नालायकीका कारणले प्रतिगामी तत्त्वहरू सलबलाइरहेको जिकिर गर्नुभयो ।

शिक्षक, चिकित्सक, नर्स, लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारीहरू आन्दोलित भएकाे भन्दै उपाध्यक्ष सापकोटाले राज्यका कुनै पनि क्षेत्रले शान्तिसँग काम गर्न नसकेको दाबी गर्नुभयाे । उहाँले समस्याको समाधानको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको आरोपसमेत लगाउनुभयो ।

सत्तापक्षकै नेताहरू नै सरकारका कार्यसम्पादनप्रति सन्तुष्ट नरहेको बताउँदै उहाँले सरकार नागरिकका समस्या समाधानमा गैरजिम्मेवार बनेको उल्लेख गर्नुभयाे ।

नेकपा (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्र्याकबाट पास गरी शिक्षकका माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया