सुनको भाउमा फेरि नयाँ रेकर्ड, एकैदिन १६ सय रुपैयाँले बढ्यो

 चैत १९, २०८० सोमबार १२:३०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाली बजारमा सुनकाे भाउमा फेरि नयाँ रेकर्ड बनेकाे छ । आज एकैदिन १६ सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च विन्दु १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

यसअघि गएकाे शुक्रवार सुनको भाउ २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ पुग्दा रेकर्ड बनेकाे थियाे । रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले जनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ ।

आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी १० रुपैयाँले बढेर १ हजार ५ सय ३५ रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया