भेरी करिडोर सतह चाँडै छिचोलिने

 चैत १९, २०८० सोमबार १३:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । करिडोरको एक सय १८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने तल्लुदेखि दुनैसम्मको ६२ किलोमिटरमा नेपाली सेनाले खोलेको ट्र्याकमाथि नै गाडी चलिरहेका छन् ।

दुनैदेखि ल्यासि क्यापसम्मको सडकमा निर्माण व्यवसायीले काम शुरु गरेका करिडोरका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिनुभयाे । बीचमै काम छाडेर अधुरै रहेको यो सडक खण्डमा पुनः काम शुरु भएको हो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल तथा सुरक्षा निकायको टोलीले सडक खण्डको अनुगमन गरेर काममा तीव्रता दिन निर्देशन दिएको छ । बीचैमा काम छाडेमा ठेक्का तोडिने आयोजना प्रमुख रञ्जितकारले बताउनुभयो ।

तल्लुमा भेरी नदीको बेलिब्रिज पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा अन्य पाँच वटा पुलको काम भने बाँकी नै छ । पछिल्लो समय सुरुङमार्ग निर्माण, सडक स्तरोन्नति, सिचाइँ आयोजनालगायतका काम धमाधम सम्पन्न हुन थालेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया