२७ वटा निर्माण कम्पनीसँग सात दिने स्पष्टीकरण माग

 चैत १९, २०८० सोमबार १३:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण व्यवसायीसँग सात दिने स्पष्टीकरण माग गरेको छ । कार्यसम्पादन सन्तोषजनक नभएका निर्माण व्यवसायीहरूलाई शुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज फेरि सार्वजनिक सूचना निकालेर सात दिनभित्र लिखित स्पष्टीकरण दिन माग गरिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालकासहित भारतका दुई र चीनको एक कम्पनीलाई पनि स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राख्छ । कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको समयसम्म सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।

कार्यालयले सात दिने स्पष्टीकरण मागेका कम्पनीहरूमा रौटहटका रोशिस कन्सट्रक्श, उमङ्ग ट्रेडर्स र पौराई बाबा कन्स्ट्रक्शन रहेका छन् । यस्तै रुपन्देहीका कृशव निर्माण सेवा, खनाल कान्छा सप्लायर्स, सिद्धिसाई प्रकाश कन्स्ट्रक्शन र साहनी विल्डर्स, नवलपरासीको न्यू जगतदेवी निर्माण सेवा, काठमाण्डौका मस्टा जेबीडी कन्स्ट्रक्शन, समृद्धि यशहश्वी कन्स्ट्रक्शन, जलेश्वर महादेव यासवि कन्स्ट्रक्शन, विवश इन्टरनेशनल कन्स्ट्रक्शन एण्ड सप्लायर्स र नेपाल भूमि कन्स्ट्रक्शनलाई स्पष्टीकरण सोधिएको छ । इलामको एमडी ब्रो कन्स्ट्रक्शन, भक्तपुरको शोभा बिल्डर्स एण्ड सप्लायर्ससँग स्पष्टीकरण माग भएको छ ।

यसैगरी युसब कन्स्ट्रक्शन डडेलधुरा, न्यु कालिका निर्माण सेवा बझाङ, तुल्सी कन्स्ट्रक्शन एण्ड सप्लायर्स डोटी, सतिश सुप्रभात निर्माण सेवा बाँके, वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्शन बाजुरा, भुमा निर्माण सेवा दाङ, मान्यता निर्माण सेवा सुर्खेत, जीएस एण्ड एमएस कन्स्ट्रक्शन र मुस्कान कन्स्ट्रक्शन पर्सासँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ  ।

स्पष्टीकरण माग गरिएका अन्य कम्पनीहरूमा भारतका भारत कन्स्ट्रक्शन र गुप्ता पावर इन्फ्रास्ट्रक्चर रहेका छन् भने चीनको शुफा एन्हे ग्रुप रहेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया