त्रिभुवन विमानस्थलमा आजदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने

 चैत १९, २०८० सोमबार १५:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको छ । उत्तरतर्फको रन–वे अर्थात् धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका कामको विस्तार थालिएकोले ९० दिनसम्म उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको हो ।

विमानस्थलमा हुन लागेको पूर्वाधार विस्तारबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । यो विमानस्थालको धावनमार्ग तीन हजार ५० मिटर लामो छ । हरेक धावनमार्गका दुईतर्फका टुप्पोमा दुई अङ्कको नम्बर लेखिएको हुन्छ । यो अङ्कले धावनमार्गको दिशा बताउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दक्षिणतर्फ ‘०२’ र उत्तरतर्फ ‘२०’ लेखेको छ । दक्षिणतिर कोटेश्वर, उत्तरमा पशुपति क्षेत्र/गौरीघाट पर्छ । दक्षिणतर्फबाट अवतरण हुने ठाउँ ‘०२’ र उत्तरतर्फबाट अवतरण हुने ठाउँ ‘२०’ हो ।

विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फ अर्थात् कोटेश्वर क्षेत्रबाट विमान अवतरण गर्ने गर्छन् । कहिलेकाहीँ उत्तरतर्फ अर्थात् गौरीघाटबाट अवतरण हुने गरेकाे छ । धानवमार्ग र जहाज अड्याइने ठाउँ (पाकिङ) जोड्नका लागि ट्याक्सी–वे चाहिन्छ । धावनमार्गको लम्बाइअनुसार ट्याक्सी–वेको सङ्ख्या निर्धारण हुन्छ । लामो धावनमार्ग भए धेरै वटा ट्याक्सी–वे हुन्छन् ।

यसअघि दक्षिणतर्फ धावनमार्ग तीन सय मिटर विस्तार भएको थियो । त्यसमा बाँकी रहेका केही काम, धावनमार्गका दुवै विन्दुबाट जहाज पस्न–निस्कन 'इन्ड–टु–इन्ड' समानान्तर ट्याक्सी–वे, जहाज मर्मत गर्न ह्याङ्गरलगायतका भौतिक पूर्वाधारको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । तर धेरैजसो काम रातको समयमा हुनेछ । उहाँका अनुसार ठूला जहाजलाई केही समस्या हुन सक्छ तर पूरै हवाई यात्रा भने बन्द हुने छैन ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया