न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई निर्देशन

 चैत १९, २०८० सोमबार १५:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेस गर्न नेपाल वायु सेवा निगमलाई अन्तर्राष्ट्रिय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकले निगमलाई जवाफ पेस गर्न निर्देशन दिएको हो । न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेस गर्न समितिका सभापति राजकिशोर यादवले निर्देशन दिनुभयो । उहाँले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति नै बनाएर छानबिन गर्ने पनि बताउनुभयो ।

सभापति यादवले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि जवाफ पेस गर्न आग्रह गर्नुभयो । निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजनाको बारेमा पनि जानकारी पेस गर्न समितिले भनेकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया