मुस्लिम समुदायले यसरी मनाए ईद उल–फित्र (तस्बिरहरू)

 चैत २९, २०८० बिहिबार १२:४९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैकाे मस्मिरी मस्जिदमा इद पर्वकाे अवसरमा बिहीवार सहभागी मुस्लिम समुदाय

काठमाण्डाै – मुस्लिम समुदायले एकअर्कामा शुभकामना आदानप्रदान गरी आज ईद उल–फित्र (ईद) मनाएका छन् ।

ईदको अवसरमा काठमाण्डाैकाे घण्टाघरमा रहेकाे मस्मिरी मस्जिदसहित देशैभरमा मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साट्नेहरूको भीड रहेको छ ।

एकअर्कालाई अङ्कमाल गरेर ‘ईद मुबारक’ भन्दै मुस्लिम समुदायका महिला तथा पुरुषले शुभकामना दिएका छन् ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्दछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

माथिका सबै तस्बिर : काठमाण्डाैकाे मस्मिरी मस्जिद

ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

नेपालगञ्जको वीपी चोक इदगाहमा ईद पर्वको अवसरमा बिहीवार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रासस

वीरगञ्जकाे इदगाह चाेकमा ईद पर्वकाे अवसरमा बिहीवार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रासस

घोराहीकाे इदगाहमा ईद पर्वको अवसरमा बिहीवार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रासस

इनरुवाकाे जामे मस्जिदमा ईद पर्वकाे अवसरमा बिहीवार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया