प्रदेश मातहतका कार्यालय कामविहीन

 कात्तिक ३०, २०७५ शुक्रबार २०:३३:२८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नीति, कार्यक्रम तथा बजेटको अख्तियारी नआउँदा रोल्पामा रहेका प्रदेश सरकार मातहतका कार्यालय कामविहीन भएका छन् ।

गएको साउन १ गतेबाट जिल्लास्तरका सबै विषयगत कार्यालयहरु स्थानीय तहमा गएपछि ती कार्यालय भएका भवनमा अहिले प्रदेश मातहतमा रहने गरी केही कार्यालयहरु सञ्चालनमा छन् । तर कार्यालय स्थापना भएको चार महिना बितिसक्दा पनि प्रदेश सरकारले कुनै अख्तियारी पठाउन सकेको छैन् । कुनै अख्तियारी नपाउँदा ती कार्यालय अहिले सुनसान बनेका छन ।

एकभन्दा बढी जिल्ला हेर्ने गरी स्थापना गरिएका यी कार्यालयहरुमा दरबन्दी अनुसारका कर्मचारी पनि छैनन् । सेवाग्राही पनि आउँदैनन् । कतिपय कार्यालयमा भएका कर्मचारीहरुले पनि चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालय भएको भवनमा अहिले रोल्पा र रुकुम पूर्व हेर्ने गरी कृषि ज्ञानकेन्द्र रोल्पा स्थापना भएको छ । ज्ञान केन्द्रमा अहिले कुनै कार्यक्रम नआएकाले सेवाग्राहीलाई परामर्श दिएर फर्काउने गरेको कार्यालय प्रमुख नरेश धितालले बताउनुभयो ।

जिल्ला सदरमुकाममा हुने अधिकांश सेवा–सुविधा स्थानीय तहबाटै दिने भने पनि अहिले फेरि प्रदेश मातहतका यी कार्यालयहरु कामविहीन भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया