मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालनमा आयाे

 बैशाख २, २०८१ आइतबार १८:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ ।

आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि पृथ्वी राजमार्गको छेउमा रहेको जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । गण्डकी प्रदेशका विनाविभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको उद्धाटन गर्नुभयो ।

कम्पनीले थप तीन करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना रहेको जनाएको छ ।

यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिटै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको मोटरबोटका सञ्चालक विष्णु ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया