९ महिनामा ४३ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता

 बैशाख ३, २०८१ सोमबार ८:५९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्षको ९ महिनामा ४३ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्म नयाँ परियोजनामार्फत ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ र पुराना स्थापित कम्पनीहरुको शेयर खरिद सम्झौतामार्फत १२ अर्ब ९७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।

चैतसम्म आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी ४५ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा १ सय २२ वटा आयोजना थपिने छन् । यस्तै सेवा क्षेत्रमा ९३ वटा आयोजनामार्फत ३५ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा ३२ वटा आयोजनामार्फत १२ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ९ वटा परियोजनामार्फत ३ प्रतिशत, पूर्वाधार क्षेत्रमा ६ वटा आयोजनामार्फत २ प्रतिशत, कृषिमुलक क्षेत्रमा ५ वटा आयोजनामार्फत २ प्रतिशत र खनिज क्षेत्रमा २ वटा आयोजनामार्फत १ प्रतिशतले लगानी प्रतिवद्धता आएको हो ।

चैतमा मात्रै ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । चैतमा आएको लगानी प्रतिवद्धतामध्ये पर्यटनमुलक क्षेत्रमा ४४ प्रतिशत, सेवामुलक क्षेत्रमा ३१ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा १३ प्रतिशत तथा सूचना प्रविधि र कृषि क्षेत्रमा समान ६ प्रतिशतका दरले लगानी प्रतिवद्धता आएको हो । तर विदेशी लगानीको प्रतिबद्धताअनुसार रकम भित्रने नगरेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

लगानी बोर्डका अनुसार प्रतिबद्धता भएको सबै विदेशी लगानी त्यसै अवधिमा आउने, नआउने टुङ्गो हुँदैन ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया