एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

 बैशाख ५, २०८१ बुधबार १३:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई पुरानो मुद्दामा काठमाण्डौबाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो ।

खैरो हिरोइन बिक्रीमा संलग्न भएका लामालाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका थिएनन् । एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका थिए । लामा एन्फाको चुनावमा उम्मेदवार बन्दा पनि उजुरी परेको थियो । तर त्यसबेला लामाले आफू जेल बसिसकेको भन्दै टारेका थिए ।

एन्फाको निर्वाचन समितिले पनि छानबिन गरेको थिएन । त्यतिबेला तालमेल गरेर उपाध्यक्ष निर्वाचित भएका थिए । तर एन्फा कार्यसमिति पक्ष–विपक्षमा केन्द्रित हुन थालेपछि गएको पुषमा लामाले कैद भुक्तान नगरेको कुरा सार्वजनिक भएको थियो । लगत्तै सम्पर्कबिहीन बनेका लामालाई आज प्रहरीले पक्राउ गरेको हो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया