‘माइतीघर’ चलचित्रका अभिनेता सीपी लोहनीको निधन

 बैशाख १७, २०८१ सोमबार १८:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – निजी क्षेत्रले बनाएकाे पहिलाे चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी (चिदम्बरप्रसाद) लोहनीको निधन भएको छ ।

८६ वर्षीय लोहनीको उपचारका क्रममा आज काठमाण्डौको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको अभिनेता तथा निर्देशक कृष्ण मल्लले जानकारी दिनुभयो । लोहनीको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । अभिनेता लोहनी पार्किन्सन र अल्जाइमरबाट पीडित हुनुहुन्थ्यो ।

सीपी लोहनी भारतीय अभिनेत्री माला सिन्हाका श्रीमान् हुनुहुन्छ । लोहनी गायक पनि हुनुहन्थ्यो । उहाँका एक छाेरी हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया