सांसद हसिना खानद्वारा शपथ ग्रहण

 बैशाख ७, २०८१ शुक्रबार १५:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सभामुख देवराज घिमिरेले आज खानलाई प्रतिनिधि सभा सदस्यको शपथ गराउनुभएको हो । सांसद मञ्जु शर्मा अन्सारीको गएको चैत ४ गते निधन भएपछि जसपाले रिक्त पदमा खानको नाम सिफारिस गरेको थियो ।

यसअघि जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ सालको फागुन १३ गते निधन भएपछि रिक्त रहेको पदमा मञ्जु शर्मा सांसद मनोनीत हुनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया