श्रम स्वीकृतिका लागि विभागको कार्यालय आज पनि खुला

 मंसिर १, २०७५ शनिबार १३:१:१३ | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गरेको छ । 

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप धेरै रहेको भन्दै विभागले सार्वजनिक बिदाको दिनमा पनि श्रम स्वीकृति जारी गर्न थालेको हो । 

शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म काठमाण्डौंको ताहचलमा रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । 

प्रत्येक शनिबार नखुलेपनि शुक्रबार भएको सेवाग्राहीको चापलाई हेरेर शनिबार कार्यालय खुल्ला गरिएको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया