इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

 बैशाख १५, २०८१ शनिबार ६:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –  आज उपचुनाव हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा सार्वजनिक गाडी चलाउन पाइने भएको छ । यसको व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास भएका गाडीहरु मात्र सन्चालन गर्न पाइन्थ्यो । तर यसपालिको उपचुनावमा भने मतदाताको सुविधाका लागि भन्दै आयोगले मतदान केन्द्रसम्मै सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने निर्णय भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै मतदाता ल्याउने–लैजाने काममा प्रयोग नगर्ने गरी सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा पनि सार्वजनिक यातायातका गाडी सञ्चालनको लागि उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिइएको आगोगले जनाएको छ ।

एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्करलगायतका अत्यावश्यक र पास प्राप्त गाडी निर्वाधरुपमा चल्नेछन् । यसबाहेकका अरु गाडी चलाउन नपाइने र निर्देशन विपरीत गाडीको प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले समातेर मतदानको काम सकिएपछि मात्र फिर्ता दिने व्यवस्था गर्न आयोगले भनेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया