राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना नेता सिंहदरबारबाट पक्राउ
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । मुल्लानपुरमा हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ ।
पञ्जाब सात खेलमा १० अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान सात खेलमा आठ अङ्कसहित बेङ्गलुरु पाचौँ स्थानमा छ ।
त्यस्तै आजको अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । विशाखापटनममा हुने यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । मुम्बई सात खेलमा छ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।
समान खेलमा चार अङ्कसहित चेन्नई तालिकाको पुछारमा छ । हिजो भएका खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई सात विकेट र लखनउ सुपर जायन्टस्ले राजस्थान रोयल्सलाई दुई रनले हरायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।