रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा : युद्धविराम भने पनि आक्रमण भइरहेको युक्रेनको भनाइ

 वैशाख ७, २०८२ आइतबार ७:१२:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविरामको घोषणा गर्नुभएको छ । पुटिनले इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिवार बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने जानकारी दिनुभएको छ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि त्यसैअनुसार कदम चाल्ने अपेक्षा गर्नुभएको छ । यदि युक्रेनले युद्धविराम उल्लङ्घन वा कुनै प्रकारको उकास्ने कार्य गर्‍यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिनुभएको छ ।

यसैबीच पुटिनले ‘इस्टर युद्धविराम’ घोषणा गरे पनि आक्रमण भइरहेको युक्रेनले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरुले युद्धविरामको पालना गर्ने तर रुसबाट निरन्तर आक्रमण भइरहेको बताएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया