राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
लमजुङ – डुम्रे–बेँसीसहर खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका वडा नम्बर १० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
स्कुटरमा रहेकी लमजुङकाे बेँसीसहर बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै र माइक्रोबसमा रहेका मनाङकाे नासोङ गाउँपालिका–८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा ज्यान गएकाे हाे ।
दुर्घटनामा स्कुटर चालक सुरेश श्रेष्ठ गम्भीर घाइते हुनुभएकाे र उहाँलाई उपचारका लागि सीएमसी हस्पिटल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
काठमाण्डाैबाट बेसीशहरतर्फ गुडिरहेकाे बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीशहरबाट डुम्रेतर्फ गुडिरहेकाे ग २६ प ४०५८ नम्बरको स्कुटर ठाेक्किएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।