वैशाख २० गते भक्तपुरमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने

 वैशाख ७, २०८२ आइतबार १५:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : भ्वाइस अफ नेपाल

काठमाण्डाै – आउँदो वैशाख २० गते भक्तपुरको सल्लाघारीमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने भएको छ । आज भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

भक्तपुर साङ्गीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सल्लाघारीमा रहेको इम्पेरियल बैंक्वटेमा साङ्गीतिक साँझ हुनेछ । कार्यक्रममा एक हजार दुई सय जनासम्मको उपस्थिति रहने आयोजकले बताएको छ ।

सहभागिताका लागि प्रतिव्यक्ति एक हजार, एक हजार पाँच सय र दुई हजार पाँच सय रुपैयासम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ । कार्यक्रमस्थलमा विभिन्न उत्पादन एवम् विभिन्न परिकारका खानाका स्टलसमेत राखिनेछ ।

पत्रकार सम्मेलनमा बौल्दै गायक एवम् सङ्गीतकार दीप श्रेष्ठले सङ्गीतमा आधुनिकीकरण बढिरहेको र ट्र्याकमा गाउने कुरा गायकहरूका लागि राम्रो नभएको बताउनुभयो । समसामयिक गीत लोप हुन थालेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया