राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
युक्रेन र रुस दुवैले एकअर्कालाई ३० घण्टाको ‘इस्टर युद्धविराम’ उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टरको अवसरमा स्थानीय समयानुसार शनिवार बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन शान्ति वार्तामा मध्यस्थता गर्ने प्रयास त्याग्ने धम्की दिएपछि ‘इस्टर युद्धविराम’ घोषणा भएको हो । यद्यपि त्यसबेलादेखि युक्रेन र रुस दुवैले आफूहरूविरुद्ध आक्रमण भइरहेको दाबी गर्दै आएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि ‘युद्धविरामको नाटक’ गरेको र युक्रेनका केही क्षेत्रहरूमा अझै पनि सैन्य कारबाही जारी राखेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ । रुसी सेनाले ३८७ गोलीबारी अपरेशन, १९ आक्रमण र २९० पटक ड्रोन प्रयोग गरेको जेलेन्स्कीले बताउनुभयो ।
यसैबीच रुसी मिडियाले युक्रेनले युद्धविराम तोडेको आरोप लगाएका बीबीसीको खबरमा उल्लेख छ । धेरै रुसी समाचार एजेन्सीहरूका अनुसार युक्रेनले गोली प्रहार गरेको र सयौं पटक ड्रोन आक्रमण गरेको मन्त्रालयको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।