राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना नेता सिंहदरबारबाट पक्राउ
बैशाख ७, २०८२ आइतबार
काठमाण्डाै – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने आन्दोलनप्रति प्रश्न उठाएको छ ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गर्नुभएको विज्ञप्तिमा शिक्षक आन्दोलनका न्यायपूर्ण मागप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा नधकेल्न अनेरास्ववियुले माग गरेको छ । स्वार्थ समूहले सरकारी विद्यालय कमजोर बनाएर निजीमा विद्यार्थी लैजाने षड्यन्त्र गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।
शिक्षकहरूको आन्दोलका कारण सरकारी विद्यालयमाथि प्रश्न उठिरहेकाले समाधान गर्न आन्दोलनरत शिक्षक र सरकारलाई अनेरास्ववियुले आग्रह गरेको छ । सामुदायिक विद्यालय बन्द भएको मौकामा निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका भन्दै विज्ञप्तिमा सार्वजनिक विद्यालयबाट विद्यार्थी बाहिरिरहेका दाबी गरिएको छ ।
शिक्षकको माग तुरुन्त सम्बोधन गरी शिक्षा ऐन संसद्मा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग अनेरास्ववियुले माग गरेको छ । विद्यालय फर्किन शिक्षकहरूलाई अनेरास्ववियुको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।