एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक : आज समूहगत छलफल, आजै प्रतिवेदन पारित गर्ने तयारी

 बैशाख ९, २०८१ आइतबार ९:१५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको गोदावरीमा चलिरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । परिषद्को पहिलो बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्नुभएको छ ।

यस्तै परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डाक्टर पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुने नेकपा एमालेले जनाएको छ ।

प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गर्ने कार्यसूची रहेको छ । परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्ताबेज तथा घोषणालाई नेपालको राजनीतिमा महत्वकासाथ हेरिएको छ ।

यस्तै एमालेले भोलि गोदावरीमै नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । भोलिकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताको उपस्थिति रहने नेकपा एमालेले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया