अर्घाखाँचीमा आगलागीबाट ४३ वटा घरगाेठ जले

 बैशाख ९, २०८१ आइतबार १५:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

अर्घाखाँची – अर्घाखाँचीका विभिन्न ठाउँमा हिजो शनिवार भएको आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

हिजो भएकाे आगलागीले २० वटा घर, २३ वटा गोठ, ११ वटा बाख्रा र छ वटा भैँसी जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ३/४ धारापानीमा हिजो भएको भीषण आगोलागीमा २३ वटा घरगोठ जलेर नष्ट भएका छन् । धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँमा आगलागी भएको हो ।

पाणिनि गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । यस्तै शितगङ्गा नगरपालिकाको भेडामारे, डोहोटे, गल्डुङ्ग लगायतका ठाउँमा पनि आगलागीबाट क्षति भएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया