दुबईमा  विश्वकै  ठूलो विमानस्थल टर्मिनलको निर्माण शुरु

 बैशाख १७, २०८१ सोमबार ७:१३:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने जनाएको छ ।

दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल मार्फत विमानस्थलमा नयाँ यात्री टर्मिनलको डिजाइनलाई स्वीकृति दिएर ३४ अर्ब ८५ करोड अमेरिकी डलरको लागतमा भवनको निर्माण शुरु भएको जानकारी दिनुभएको छ । 

यो टर्मिनल पूर्णरूपमा सञ्चालन भएपछि विमानस्थलले ‘वार्षिक २६ करोड यात्री क्षमताको व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल विश्वको सबैभन्दा बढी क्षमताको हुने  र अहिलेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुनेछ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थलमध्येको एक हो ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया