बझाङको मतगणना अन्तिम चरणमा, इलाममा सुहाङको मत १० हजार कट्यो

 बैशाख १७, २०८१ सोमबार १०:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुगेको छ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भैसकेको छ । त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ४ सय ६८ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार ३ सय ४३   मत ल्याउनुभएको छ ।

इलाम–२ मा २४ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाउनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार सुहाङले १० हजार ३ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत ल्याउनुभएको छ । यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ५ हजार ५ सय ९१ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ४ सय ४३ मत आएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया