सिरहामा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

 बैशाख १७, २०८१ सोमबार १२:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सिरहा – सिरहाको लहानमा आयोजित सामुदायिक तथा सार्वजनिक पुस्तकालयको मधेश प्रदेशस्तरीय सम्मेलनमा सरोकारवालाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले सतही अध्ययनका आधारमा धारणा बनाउनेको जमात बलियो बनेको भन्दै किताब पढ्ने बानी र गहिरो अध्ययन गर्ने बानी हराउँदै गएकामा सम्मेलनका वक्ताले चिन्तासमेत व्यक्त गरेका छन् ।

कार्यक्रममा सङ्घीय सांसद गङ्गाप्रसाद यादवले पुस्तकालयमा पठनपाठन गर्न जाने संस्कृति हराउँदै गएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । समाज विकासको जग नै शिक्षा भएकोले पठन संस्कृतिको विकास गर्नुपर्नेमा वक्ताहरूले जोडजोड दिएका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया