मुगुको रारा ताल आसपासको हावासमेत प्रदूषित

 बैशाख २२, २०८१ शनिबार १८:२५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – धेरैजसो समय स्वच्छ हावा बहने मुगुको राराताल आसपासको हावासमेत प्रदूषित भएको छ । अहिले काठमाण्डौको हावा र रारा ताल आसपासको हावाको गुणस्तर उस्तै–उस्तै रहेको वातावरण विभागले राखेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

देशका ठूला शहरमध्ये काठमाण्डौ विश्वकै प्रदूषित सहरका रुपमा रहेको छ भने रारा ताल आसपासको हावा काठमाण्डौकोभन्दा पनि प्रदुषित रहेको छ । वन डढेलो तथा हावा बहने क्रमका कारण अहिले काठमाण्डौ र जुम्ला तथा मुगुमा वायु प्रदूषण उस्तै देखिएको वायु गुणस्तरविज्ञ डाक्टर भूपेन्द्र दास बताउनुहुन्छ ।

लामो समयदेखि देशका धेरै ठाउँमा डढेलो लाग्दा देशभरकै हावा प्रदूषित बनेको छ । अहिले हिमाली क्षेत्रमासमेत बाक्लो तुवाँलो देखिएको हिमाल आरोहणमा गएका बताउँछन् । यस वर्ष गएका वर्षमा जस्तो प्रष्ट हिमाल देख्न समस्या छ । अहिले वातावरण विभागले राखेका धेरैजसो वायु प्रदुषण मापन केन्द्रले रातो सङ्कके दिएर हावाको अबस्था अस्वस्थकर देखाइरहेका छन् ।

यस्तै आज पनि देशका धेरै ठाउामा डढेलो लागिरहेको छ । वन तथा भूसंरक्षण विभागको डढेलो अवलोकन प्रणालीकाअनुसार देशका झन्डै एक सय ५० ठाउँमा बलिरहेको डढेलो छ । एक हप्तामा मात्रै देशका देशका झण्डै १२ सय ठाउँमा डढेलो लागिसकेको छ ।

डढेलोले सयौं हेक्टर वन जल्दा बन तथा पशुचौपयाको क्षती भइरहेको छ भने डढेलो बस्तीमा पुग्दा घरगोठ जलेर जनधनको क्षती पनि भइरहेको छ । देशभरी बन जलिरहेपनि सरकारले नियन्त्रणका लागि प्रभावकारी काम नगरेको स्थानीयको गुनासो छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया