जयनगर–जनकपुर–भङ्गहा रेल सेवा आजदेखि तीन दिनसम्मका लागि बन्द

 बैशाख २३, २०८१ आइतबार ७:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । भारत मधुवनी जिल्लाको भंझारपुरमा पर्सि अर्थात् मे ७ तारिखमा लोकसभा चुनाव हुन लागेकाले रेल सेवा तीन दिन बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचना निकालेर जानकारी दिएको छ ।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भङ्गहा रेलसेवा बन्द गरिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मङ्गलवारसम्म पूर्णरूपमा बन्द रहनेछ । बुधवारदेखि नियमितरुपमा रेल सेवा सञ्चालन हुने प्रबन्धक झाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया