बाँकेमा ९ महिनामा १ सय १२ नवजात शिशुको ज्यान गयाे

 बैशाख २३, २०८१ आइतबार १८:१५:३५ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बाँके – तराईको सुगम जिल्लाका रूपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ जना सुत्केरीको ज्यान गएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमध्ये छ जना सुत्केरी र ७१ जना शिशु नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका रहेका छन् । अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याउनु र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर नवजात शिशु तथा सुत्केरीको ज्यान जाने क्रम रहेको श्रेष्ठले बताउनुभयो । बच्चा जन्मिएको ४२ दिनसम्म सुत्केरी भन्ने गरिन्छ । यो बीचमा चार पटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको अनुमान छ ।

बाँकेमा नियमित गर्भ जाँच पनि हुन सकेको छैन । बढ्दो नवजात शिशु तथा मातृ मृत्युदर न्यूनीकरणका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिए पनि सुधार हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो । बाँकेमा खासगरी मधेशी तथा मुस्लिम समुदायमा नवजात शिशु र मातृ मृत्युदर बढी देखिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया