प्रशिक्षार्थी भन्छन्– ‘काठमाण्डाै महानगरकाे तालिमले ठूलाे सहयाेग पुग्याे’

 बैशाख २५, २०८१ मंगलबार १५:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको महानगर गौरव योजना अन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ महानगरको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेसाका तालिम सञ्चालन गरिरहेको छ ।

यीमध्ये वैशाख १२ गतेदेखि शुरु भएको बगैँचे र माली तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन् । यो तालिम १५ दिन अवधिको हो । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको बगैँचामा प्रशिक्षण हुने गरेको छ ।

फूल बगैँचा र बिरुवासम्बन्धी व्यावहारिक ज्ञान दिने क्रममा सोमवार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमणका लागि लगिएको थियो । अवलोकनका क्रममा बगैँचाको ढाँचा, बोट, फूल र बिरुवाको व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो ।

माली तालिम दिन आएका प्रशिक्षार्थीले पैसा तिरेर तालिम लिन सक्ने अवस्था नभएको भन्दै महानगरपालिकाले दिएको निःशुल्क तालिमले आफूहरूलाई ठूलो सहयोग पुगेकाे बताएका छन् ।

माली तालिममा फूल तथा बिरुवाका बेर्ना उमार्ने, स्याहार–कलमी गर्ने, फूल तथा बिरुवामा लाग्ने किरा, रोग र रोकथामका उपाय लगायतका बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान र सीप सिकाइन्छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया